धादिङ थाक्रे गाउँपालिकाको बजेट ८१ करोड ६ लाख, कुन शिर्षकमा कति बिनियोजन ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ ९, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ९, महादेवबेशी । धादिङ थाक्रे गाउँपालिकाले आर्थिक बर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको नवौँ गाउँसभाले आज जम्मा ८१ करोड, ६ लाख ६३ हजारको बजेट प्रस्तुत गरेको हो ।

थाक्रे गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीद्धारा प्रस्तुत बजेटमा आर्थिक बिकास तर्फ ३४ लाख, कृषि बिकास तथा उत्थानको लागी २ करोड ४१ लाख ६७ हजार, पर्यटन बिकास तथा प्रबद्र्धनका लागी २ करोड ५४ लाख, पशु बिकास तर्फ ७१ लाख, सहकारी तर्फ १० लाख बिनियोजन भएको छ । सिँचाईका लागी १ करोड २८ लाख, सामाजिक बिकास तर्फ १ करोड ५६ लाख, शिक्षामा २४ करोड २७ लाख ७२ हजार बिनियोजन भएको छ ।

भाषा तथा संस्कृति तर्फ १२ लाख ५० हजार, महिला बालबालिका तर्फ १ करोड ६२ लाख, युवा तथा खेलकुदमा १ करोड १५ लाख,स्वास्थ्य तर्फ ५ करोड ९३ लाख ६० हजार बिनियोजन गरिएको छ । पुर्वाधारमा ३६ लाख, सडक क्षेत्रतर्फ १८ करोड ४१ लाख ४ हजार, सामाजिक सुरक्षा तथा संरक्षणमा १ करोड ५१ लाख, सम्पदा पुर्बाधारमा १ करोड ५५ लाख, भवन तथा सहरी बिकास तर्फ ७ करोड ८८ लाख, कार्यालय तथा प्रशासन खर्च ९ करोड १५ लाख ५० हजार बिनियोजन गरिएको छ ।

यो पनि हेर्नुहोस् :

धादिङ थाक्रे गाउँपालिकाद्धारा आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत

कार्यपालिका, वडा समिती र बिषयगत शाखाले बिनियोजन गरिएको रकम मध्ये कुनैमा बचत तथा अपुग भएमा रकमान्तरको सुबिधा रहेको बजेट बक्तब्यमा जनाईएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस