निर्माणाधिन चन्द्रागिरी नगरपालिकाको भवन प्रमुख गिरीद्धारा निरीक्षण !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ १०, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १०, काठमाण्डौ । काठमाण्डौ चन्द्रागिरी नगरपालिकाको निर्माणाधिन भवनको नगर प्रमुख घनश्याम गिरीले निरीक्षण तथा अनुगमन गरेका छन् । निर्माणको अन्तिम चरणमा रहेको भवनको निरिक्षण गर्दै उनले कामलाई छिटो सक्न निर्देशन समेत दिएका छन् । साथै नगरपालिका र प्रदेशको साझेदारी अन्तर्गत समपूरक अनुदानमा ढलान हुँदै गरेको बलम्बू सृजनाचोक खण्डको निरीक्षण तथा आवश्यक निर्देशन दिने कार्य पनि सम्पन्न भएको छ ।

चन्द्रागिरी नगरपालिकाले जनतामुखी काम गरेको भन्दै नगर प्रमुख गिरीले महामारीको बिपद्मा पनि जनतासँगै नगर रहेको बताए । निरिक्षण कार्यक्रममा नगर प्रबक्ता हरिभक्त महर्जन, वडा नम्बर १२ का वडाध्यक्ष प्रकाश श्रेष्ठ लगायतको पनि उपस्थिती रहेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस