राष्ट्रिय युवा संघ नेपालले मनाङका बाढी/पहिरो पिडितलाई १५ लाख बराबरको राहात दिने !

असार १०, काठमाण्डौ । राष्ट्रिय युवा संघ नेपालले मनाङका बाढी तथा पहिरोबाट प्रभावित जनसमुदायलाई पन्ध्र लाख भन्दा बढिको नगद तथा जिन्सी राहत वितरण गर्दैछ । राहत सामग्री हरु चामल, तेल, दाल, नुन, लत्ता कपडा, चाउचाउ, बिस्कुट, त्रिपाल, ब्ल्याङकेट लगाएत रहेका छन् ।

राहत वितरणको लागि संघका केन्द्रिय अध्यक्ष कमरेड किरण पौडेल सहितको केन्द्रीय टोलि मनाङ तर्फ लागिसकेको छ । टोलीमा उपाध्यक्षहरु अमित लामा, क्षितिज थेवे महासचिव रमेश आचार्य उपहासचिव रामजी सपकोटा लगायत केन्द्रीय सचिव, स्थायी कमिटी सदस्य लगायत छन् । टोलीलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् संघका इन्चार्ज कमरेड महेश बस्नेतले केन्द्रीय कार्यालय नयाँबानेश्वर बाट बिदाई गरेका थिए ।

बिदाईको क्रममा युवा नेता बस्नेतले राहतको नाममा रकम उठाउदै आफ्नो व्यक्तिगत व्यवस्थापन गर्ने जस्ता अनियमितता मौलाएको बताए । राष्ट्रिय युवा संघले संघ भित्रका स्व ईच्छाले सहयोग गर्न चाहने व्यवसायीक व्यक्तबाट मात्र सहयोग संकलन गरि पारदर्शी वितरण गर्नुपर्ने बताए ।

संघका अध्यक्ष किरण पौडेलले राहतको निम्ति संघ अनवरत खटिएको र देश भरिबाट राहत सामाग्री संकलन भैरहेको बताए । संकलित सामाग्री आवस्यक ठाउँमा वितरण गर्ने बताउदै अन्तिममा सार्वजनिक सञ्चार माध्यम मार्फत संकलित र वितरण भएका सम्पूर्ण रकम तथा जिन्सी सामाग्री पब्लिक अडिट मार्फत सार्वजनिक गर्ने बताए ।

संम्बन्धित समचार

Leave a Reply