असार १०, काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आउने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित तेश्रो वार्षिक साधारण सभा आह्वान गरेको हो ।
सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । संस्थाले हालको जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकमको सर्वसाधारणलाई सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।