सुनको भाउमा गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ १०, बिहिबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

असार १०, काठमाडौ । बिहीबार सुनको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुनलाई भने आज प्रतितोला ९० हजार रुपैयाँ पर्नेछ ।

यता, चाँदीको मूल्य भने स्थिर देखिएको छ । आज चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस