बीरगंज महानगरको नवौं अधिवेशन, आगामी वर्षका लागि ३ अर्व ५५ करोड बजेट सार्वजनिक !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ १०, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

दिपू वर्णवाल                   

असार १०, बिरगन्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षकालागि ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनीक गरेको छ । महानगरको ९ औं अधिवेशनले आर्थिक वर्ष २०७८ र ०७९ का लागि ल्याएको बजेटमा चालुतर्फ १ अर्ब ८६ करोड ३५ लाख ४२ हजार ९ सय, पुँजीगततर्फ १ अर्ब ६२ केरोड ३३ लाख ३० हजार १ सय र वित्तीय समानीकरण तर्फ तर्फ ६ करोड ७० लाख ६४ हजार विनियोजन गरिएको छ ।

महानगरले कुल खर्च मध्ये आथिर्क विकास क्षेत्रमा १० करोड ८ लाख ३० हजार, सामाजिक विकास क्षेत्रमा १ अर्ब १५ करोड ५८ लाख ७२ हजार, पूर्वाधार विकास क्षेत्रमा १ अर्ब ३५ करोड ६६ लाख १८ हजार, सुशासनको क्षेत्र तर्फ १३ करोड ३२ लाख ७४ हजार र कार्यालय तर्फ ८० करोड ७३ लाख ४३ हजार छुट्याएको छ ।

बीरगंज महानगर प्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा भएको समारोहमा उपप्रमुख सुश्री शान्ति कार्कीले बजेट प्रस्तुत गनुृ भएको थियो । कायृक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाले गर्नु भएको थियो । औधोगिक तथा ब्यापारिक शहर ,सुस्कृत सभ्य हाम्रो महानगर भन्ने मुुल नारा तय गरेरे शुरु भएको ९ औ अधिवेशन ३ दिन सम्म् चल्ने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस