कैलालीको चिसापानीमा डुंगा दुर्घटना, बेपत्ता दुईजनाको अवस्था अज्ञात

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ आश्विन ३०, मंगलबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज ३०, धनगढी । कैलालीको चिसापानीमा सोमबार डुंगा दुर्घटना हुँदा बेपत्ता भएकाको अवस्था अझै अज्ञात छ ।

पाँचजना सवार डुंगा सोमबार साँझ पल्टिँदा तीनजना पौडेर बाच्न सफल भएका थिए भने दुईजना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा कैलालीको जोशीपुर–५ का पुरुषोत्तम चौधरी र जोशीपुर–२ का समिर बडेला छन् ।

सोमबार साँझ दुर्घटनापछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले खोजी गरे पनि फेला पार्न नसकेपछि फर्किएको थियो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बेपत्ताको खोजी मंगलबार बिहानैदेखि सुरु गरिएको जानकारी दिए ।

प्रहरी निरीक्षकको नेतृत्वमा खोजी सुरु गरिएको हो । उक्त टोलीलाई स्थानीय बासिन्दाले पनि सहयोग गरिरहेका छन् । सशस्त्र प्रहरी र नेपाली सेनालाई पनि खोजी कार्यका लागि आग्रह गरिएको छ । यद्यपी, अहिलेसम्म सेना र सशस्त्र प्रहरी घटनास्थल पुगेका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस