असार ११, काठमाण्डौ । यस वर्षको असार ११ गतेसम्म ८४ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेयता विपद्का घटनामा परि २५ जना वेपत्ता भएका छन् । वैशाख १ देखि असार ११ सम्ममा पहिरोका ९२ घटना भएको र त्यसमा परि १२ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्। पहिरोमा परि १५ जना घाइते हुँदा ४० चौपायाको मृत्यु भएको छ । प्राधिकरणका अनुसार पहिरोका कारण १८ लाख ४७ हजार रुपैयाँको अनुमानित क्षति भएको छ ।
त्यस्तै सोही अवधिमा बाढीका ३९ घटना भएको र १३ जनाको मृत्यु भएको छ भने २३ जना वेपत्ता भएका छन ्। बाढीका कारण ६ जना घाइते हुँदा ११ चौपायाको मृत्यु भएको छ । अविरल वर्षका कारण ३ जनाले ज्यान गुमाउँदा १ जना घाइते भएका छन् । त्यस्तै देशभर सोही अवधिमा चट्याङका ११२ घटना भएका थिए । जसमा परि २५ जनाको मृत्यु हुँदा १ सय जना घाइते भएका छन् भने ५९ चौपायको मृत्यु भएको छ ।