नेपालमा थप ३० जनाको मृत्यु, २ हजार १६ जनामा कोरोना संक्रमण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ १२, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १२, काठमाण्डौ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । यस्तै २०१६ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त बनेका छन् ।

यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ पीसीआर र ३१ हजार ५३१ एन्टिजेन जना पुगेको छ । यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस