‘सरकार -फोरमबीचको सहमती’ मधेसी जनता र जनमतको अपमान : डा.सुरेन्द्र झा (अन्तवार्ता)

  • अनलाइन केन्द्र
  • / अन्तरवार्ता /
  • २०७५ जेष्ठ १७, बिहिबार (६ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

यतिबेला संघिय समाजवादी पार्टी र सरकारले दुईबुँदे सहमती गरेका छन । लामो समय मधेस आन्दोलनमा रहदा राजपा र फोरम संगै र । निर्वाचनमा गठबन्धन बनाएर दुवै दल एक भएर लडे । नतिजापनि उनिहरुकै पक्षमा आयो । र प्रदेश नम्बर दुईमा उनिहरु कै सरकार बन्यो । यद्यपी अहिले सरकारसंग सहमती गर्नेबेलामा राजपा एक्लिएको छ । अर्थात राजपालाई पनि संगै लैजान पर्छ भन्ने परिस्थितीको ख्याल नगरी सरकारले संघीय समाजवादी पार्टीसंग मात्रै सहमती गर्यो यद्यपी सरकारको चाहना अर्को चरणमा वार्ता गरेर राजपालाई पनि सरकारमा ल्याउन प्रयास गर्ने बताईरहेको बेला हामीले मधेस राजनितिमा अवको परिदृष्य कस्तो हुन्छ ? भनेर राजपाका सहमहामन्त्री डा.सुरेन्द्र झा संग कुराकानी गरेका छौँ ।

संघीय समाजवादी पार्टी सरकारमा जाने भएपछि तपाईहरु एक्लिनुभएको हो ?

यो दुखद सुरुवात भएको छ । हामीले मधेस गठबन्धन बनाएर जनताको विचमा गएका थियौँ । मधेसका जनतालाई,जनजातीलाई के भनेका थियौँ भने जुन संबैधानिक लँडाई छ, संविधानमा जुन संशोधनहरु गरिनुपर्नेछ, त्यसको लागी हामी एकताबद्ध भएर आएका छौँ हामीले नै नेपालको संविधानलाई सच्याउन अभिभारा दिएको छ भनेर मधेसी गठबन्धन बनाएर खासगरी प्रदेश नम्बर २ मा हामीले चुनाव लड्यौँ । त्यसै अनुरुप चुनावमा हामीलाई जनताले भर्डिक्ट पनि दिनुभयो त्यो भर्डिक्टले के देखाउछ भने प्रदेश नम्बर २ मा मधेसी गठबन्धनको सरकार निर्माण भएको छ, केन्द्रिय संसदमा पनि दुवै पार्टीले मधेस र राष्ट्रिय मुद्धामा एक होस भन्ने म्याण्डेट थियो । यो म्याण्डेटको ठिक विपरित आदरणिय श्री उपेन्द्र यादव ज्यू ले यो गठबन्धन नै होईन र मधेसमा हामीले निर्वाचनको लागी तालमेल मात्रै गरेको हौँ । भनेर उहाँले विगतमा दुई तिन पटक पनि बोल्नुभएको हो । अहिले उहाँले जुन किसिमले सहमती गर्नुभएको छ । जुन हामीसंग कुनै सर–सल्लाह नै नगरीकन एकपक्षिय ढंगले अगाडी बढ्नुभएको छ । यो मधेसी जनताको भर्डिक्टको अपमान पनि हो । संगसंगै गठबन्धनिय राजनिति विपरित उहाँले यो गर्नुभयो ।

फोरमको यो सहमती तपाईहरुका लागी धोका हो ?

होईन यो धोका भन्ने कुरा होईन । राजनितिमा एउटा कल्चर हुन्छ । हामीले त गठबन्धन गरेको हौँ । यो त कल्चर विपरितको निर्णय आएको हो । हामीले यो पनि विर्सनुहुन्न भने फोर छुट्टै राजनितिक आस्था बोकेको पार्टी हो । उहाँहरु आफ्नो पार्टीको निर्णय लिन स्वतन्त्र हुनुहुन्छ । जे–जस्तो परिणाम आएपनि आफ्नो ढंगले निर्णय गर्ने अधिकार छ । त्यसैले हामिलाई धोका भयो भन्ने कुरा हाईन । मधेसी जनताको जुन अपेक्षा थियो जुन अनुरुपले हामीलाई मतदान गरे । हामीसंगै अगाडी बढ्छौ भनेर भनेका थियौँ । यो सबै हेर्ने हो भने यो विपरित भएको चाँही हो ।

अघिल्लो दिन तपाईहरु सहितको गठबन्धनमा रहेको प्रदेश २ को सरकारलाई नेकपाले समर्थन फिर्ता लिनु र भोलीपल्टै यता केन्द्रमा चाँही सरकारसंग सहमती गर्नुलाई कसरी लिने ?

हामीसंग प्रदेश २ मा स्पष्ट बहुमत रहेको छ । यो सरकारलाई निरन्तरता दिनलाई । तत्कालिन अवस्थामा बाम गठबन्धनले हामीलाई विश्वासको मत दिएको थियो । हामीले उहाँहरुसंग मतदानको अपेक्षा राखेको थिएनौँ । लोकतन्त्रमा जती धेरै पार्टी एक ठाँउमा आयो जतिधरै सरकारलाई विश्वास गर्यो त्यती नै धेरै शसक्त हुन्छ । त्यो एउटा सुरुवात चाँही भएको थियो । यसलाई हामीले सकारात्मक ढंगले नै बुझेका थियौँ । प्रदेश नम्बर २ मा चाँही प्रमुख प्रतिपक्षी दल कुन बन्ने भनेर कांग्रेस र नेकपाको बीचमा प्रतिस्पर्धा पनि थियो र बुझाई पनि फरक फरक थियो । सरकारलाई विश्वासको मत दिए पनि तत्कालिन नेकपा एमालेले हामीले प्रतिपक्षीको भुमिका पाउन पर्छ भन्थ्यो । उता कांग्रेसले पनि आफुलाई मतदानै गरेका ेछैन भन्दै स्वत प्रतिपक्षी हौ भन्ने थियो । यो पनि एउटा विषय होला समर्थन फिर्ता लिनेमा । अर्कोचाँही सानो सानो कुरामा उठेको विषय जस्तो मोदी भ्रमणको सन्दर्भमा पास चाँही नी हामीलाई दिइएन, हामीसंग सहकार्य गरेन, यो कुरामा पनि उहाँहरुले बोल्नु भएको छ । त्यसैले प्रतिपक्षीको भुमिका पाउनपर्छ भन्ने सन्दर्भमा उहाँहरुले समर्थन फिर्ता लिनुभएको छ भने त्यसमा हामीले भन्ने केही पनि हुँदैन । उहाँहरुले सरकारलाई विश्वासको मत नदिदैमा सरकारलाई केही फरक पर्दैन ।

बाँकी कुराकानी अडियोमा सुन्न सक्नुहुन्छ । तल क्लिक गर्नुहोस

ताजा अपडेट

खोजी गर्नुहोस