असार १३, काठमाण्डौ । एन आई सी एशिया बैंकले टिकटक भिडियो बनाउनेहरूलाई लक्षित गरी ‘टिकटक भिडियो च्यालेन्ज’ प्रतियोगिता सार्वजनिक गरेको छ । २०७८ असार ६ देखि साउन ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बैंकको आधिकारिक टिकटक पेजमा बैंकले डिजिटल बैंकिङ्ग प्रवद्र्धनार्थ तयार पारेको ‘मोबैंक गरौं’ थिमका ६ वटा फरक फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिनेछ ।