रोइरहन्छ दिलमायाको दिल

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ अषाढ १३, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १३, काठमाण्डौ । ओखलढुंगाबाट २० वर्षअघि ठूलो सपनाको पोको बोकेर बालबहादुर र दिलमायाको जोडी मधेस झरेको थियो । सन्तानको सुन्दर भविष्य अनि गतिलो शिक्षा–दीक्षाको चाहनाले उनीहरूलाई बसाइँ हिँडाएको थियो । पहाडमा पाखो पखेरोबाहेक केही थिएन ।

साथमा त्यो सपना पूरा गर्ने सम्पत्ति पनि त थिएन । करिब ३ वर्ष उदयपुरका ठाउँ–ठाउँमा अनेकखाले ज्याला मजदुरी गरे । अन्ततः १७ वर्षअघि काम र सहाराको खोजीमा उदयपुरको कटारी, बरमझिया गाउँका शिवहरि दाहालको परिवारसँग ठोक्किन पुगे । उनीहरूले उनको खेतीपाती धानिदिने, बदलामा दाहाल परिवारले आफ्नो सानो जग्गामा झुप्रो बनाएर ज्यान ओत्याउन दिने समझदारी भयो ।

त्यतिबेला ४८ वर्षका थिए बालबहादुर। दिलमाया थिइन् भर्खर ३९ वर्षकी । गाउँमा श्रम गरेका उनीहरूलाई काम गरिखान गाह्रो थिएन । त्यसपछि उनीहरूका शरीर सञ्चालन भए त्यही जमिनमा पसिना बगाउन । जसोतसो गुजारा चल्दै गयो । दाहाल परिवारले दिएको एउटा कुनाको जग्गामा झुपडी बनाएका थिए। त्यहीं खान्थे, बस्थे । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस