काठमाडौँ विश्वमा मानव सभ्यता तथा वस्तीको विकास नदीको छेउछाउ,किनारबाट भएको पाइन्छ । भारतको ब्रम्हपुत्र,चीनको हवाङ्हो,आफ्रिकाको नाइल,दक्षिण अमेरिकाको अमेजन नदी आदि मानव सभ्यता विकास एवं आर्थिक समृद्धिका लागि ऐतिहासिक केन्द्रविन्दु मानिदै आएका छन् ।
सोही अनुसार कोषले सप्ताकाशी नदी तथा उक्त नदीमा सहायक नदीहरुका किनारको आसपासमा नदीले छोएका सिन्धुपाल्चोक ,काभ्रेपलाञ्चोक,सिन्धुली,रामेछाप,दोलखा,ओखलढुंगा,सोलुखुम्बु,खोटाङ,उदयपुर,सप्तरी,भोजपुर,संखुवासभा,धनकुटा,तेह्रथुम,पाँचथर,ताप्लेजुङ,सुनसरी गरी १७ जिल्लामा माछापालन,लोकल हाँस–कुखुरापालन बंगुरपालन,बाख्रापालन,होमस्टे, ,¥याफ्टिङ व्यवसाय,आलुखेती,काउली,बन्दा,बेसार खेती,पशुपंक्षी पालन आदि व्यवसायमा कर्जा उपलब्ध गराई स्वरोजगार कार्यक्रम सञ्चालन गर्नेछ ।