नेपालमा थप २ हजार ६३६ जना कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ १५, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १५, काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७४८ जनामा गरिएको परीक्षणमा २ हजार ६३६ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार ७ हजार २५९ जनामा आरटी पीसीआर र ४ हजार ४८९ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । यसमध्ये पीसीआरबाट १ हजार ७२८ र एन्टिजेनबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९ हजार ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस