एमालेको महाधिवेशन आयोजक कमिटी बैठक आज बस्दै

असार १६, काठमाण्डौ । पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको नेकपा एमालेले आज बालुवाटारमा दशौं महाधिवेशन आयोजक कमिटीको बैठक राखेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पुरानै संरचनाअनुसार पार्टी सञ्चालनको निर्णय गरेको थियो ।

आजका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले बताए। आज बिहान ११ बजेका लागि उक्त बैठक बोलाइएको छ । साथै एमालेले असार १८ गते केन्द्रीय कमिटी बैठक बोलाउने पनि बताएको छ ।

संम्बन्धित समचार

Leave a Reply