शेयर बजारमा दोहोरो अंकको वृद्धि, झण्डै २० अंकले नेप्से बढ्दा कारोवार रकम कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ १७, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असार १७, काठमाण्डौ । आज शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यस दिन कारोबार रकम ६ अर्ब ७० करोड रुपैयाँमा सिमित भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.१२ अंकले बढ्दै २८४३.०० विन्दुमा पुगेको छ । कारोबारमा आएका कुल २ सय २४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता शेयर ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।

यस दिन निर्जीवन जीवन बीमा बाहेक अन्य सबै समूहहरूको सूचक सकारात्मक भएको छ । जसमध्ये सबैभन्दा धेरै होटल तथा पर्यटनको सबैभन्दा धेरै ३.९४ प्रतिशत, विकास बैंकको ३.६३ प्रतिशत, फाइनान्सतर्फ २.९४ प्रतिशत वृद्धि भएको छ । निर्जीवन बीमातर्फ भने ०।०४ प्रतिशतको गिरावट आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस