शक्ति एफएम प्रसारणको तेह्रौँ वर्षमा प्रवेश

हेटौँडा । महिला घरेलु सामान उत्पादक तथा वितरक सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सामुदायिक रेडियो शक्ति एफएम १०३।४ मेगाहर्जको प्रसारण तेह्रौँ वर्षमा प्रवेश गरेको छ ।

समुदायका विषयमा महिलाको सहकारीमार्फत रेडियो स्टेसन सञ्चालन गरेर समतामूलक समाज निर्माणका लागि शक्ति एफएम १०३।४ मेगाहर्ज २०६६ असार १८ गतेबाट परीक्षण प्रसारणमा आएको थियो ।

प्रसारणको १३ औँ वर्ष प्रवेशका अवसरमा रेडियोले आफ्ना स्रोता, विज्ञापनदाता, साझेदार, सहकारीका सदस्यहरुमा शुभकामना व्यक्त गरेको छ । रेडियोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘१३ औँ वर्ष प्रवेशसँगै रेडियो बिहान ४ बजेदेखि प्रसारण हुनेछ र राति १० बजेसम्म प्रसारणमा रहनेछ ।’

‘आगामी दिनमा पनि समावेशी समुदायको सामुदायिक रेडियोका रुपमा शक्ति एफएमले जनताका मुद्दा उठाइरहनेछ,’ अध्यक्ष रामकुमार एलनले भने, ‘फेरि नागरिकलाई रेडियो सुन्ने बनाउन जनमुखी, जनचाहनाका कार्यक्रमहरु धमाधम उत्पादन र प्रसाणमा आउनेछ ।’
२०६३ मंसिर १४ गते स्थापना भएको महिला घरेलु सामान उत्पादक तथा वितरक सहकारी संस्था लिमिटेडले १०० वाट क्षमताको शक्ति एफएम १०.४ मेगाहर्ज सञ्चालनका लागि सोही वर्ष फागुन २८ गते प्रसारण अनुमति लिएको थियो । २०६६ असार १८ गतेबाट परीक्षण प्रसारण आरम्भ गरेको रेडियोले २०७५ चैत ५ गते ५०० वाट प्रसारण क्षमता वृद्धिको अनुमति पाएको हो ।

संम्बन्धित समचार

Leave a Reply