माछापुच्छ्रे बैंकको नयाँ शाखा सिरहा जिल्लामा ,शाखा सञ्जाल १६१ पुग्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ १८, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

सिरहा ।  माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा सिरहा शाखा कार्यालयको समुद्घाटन गरि बुधबारबाट सञ्चालनमा ल्याएको छ । सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याईएको उक्त शाखा कार्यालयको माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोे एंव सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त रुपमा समुद्घाटन गरेका हुन । सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा खोलिएको नयाँ शाखा सगैँ सिरहा जिल्लामा मात्रै बैंकको ६ वटा शाखा सञ्चालनमा रहेको छ ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानहरुमा आफ्नो सेवाविस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३२६ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०० वटा भन्दा बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर संचालनमा रहेका छन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस