वर्षा र बाढी पहिरोका कारण देशभर १७ राष्ट्रिय राजमार्गहरु अवरुद्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ १९, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १९, काठमाडौ । वर्षा र बाढी पहिरोका कारण देशभर १७ राष्ट्रिय राजमार्गहरु अवरुद्ध भएका छन् । सडक विभागका अनुसार बाढी पहिरोले क्षति पुर्‍याएर अवरुद्ध भएका ५३ राजमार्गलाई शनिबार विहानसम्ममा एकतर्फी सञ्चालनमा ल्याइएको छ । डुम्रे बेशीसहर चामे मनाङ सडक अवरुद्ध भएको छ । त्यस्तै सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गपनि अवरुद्ध रहेको विभागले जनाएको छ ।

बालाजु त्रिशुली धुन्चे स्याफ्रुबेसी सडक खण्डपनि अवरुद्ध रहेको छ । त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत विभिन्न स्थानमा आएको पहिरोका कारण सडक अवरुद्ध बनेको छ । कान्ति राजपथको जीतपुरमा पहिरोले बाटो अवरुद्ध भएको छ । विभागका अनुसार मुग्लिन( नारायणघाट सडक खण्ड अन्तर्गत ४ किलो, १४ किलो र २० किलोमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस