अब चीनबाट निरन्तर खोप आउने

असार १९, काठमाडौ । चीनबाट अब निरन्तर रुपमा कोरोना भाइरसविरुद्वको खोप नेपाल आउने भएको छ । नेपाल सरकार र चीनको सिनोफार्म कम्पनीबीच खोप खरिदको सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै उक्त खोप खरिद बारे सम्झौता भएको कुराको जानकारी गराएको हो ।

सम्झौता अनुसार असार २४ गतेदेखि खोप आपूर्ति प्रारम्भ भइ तत्पश्चात साप्ताहिक रुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ । खोपको निरन्तर आपूर्तिबाट कोभिड विरुद्वको खोप अभियान सुचारु हुने गरि व्यावस्था मिलाइएको मन्त्रालयले बताएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply