आजको मौसम कस्तो रहन्छ ?

असार २०, काठमाण्डौ । लगातारको झरी रोकिएसँगै बाढीको जोखिम केही कम भएको छ । देशका केही ठाउँमा राति पानी पर्न कम भए पनि गण्डकी प्रदेशका पोखरा, लमजुङसहित वाग्मती प्रदेशको चितवन र तराईका जिल्लामा ठूलो वर्षा भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिए ।

उनका अनुसार आज भने हिजोअस्तिको जस्तो लगातार झरी पर्ने सम्भावना छैन । तर, केही ठाउँमा ठूलो वर्षाको सम्भावना भने रहेकाले सतर्कता भने अपनाउनु पर्दछ । आज देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ ।

यसअघिको वर्षाले नै जमिन गलाइसकेकाले आज पानी नपरेको ठाउँमा पनि पहिरो जान सक्ने भन्दै विज्ञले सचेत रहन आग्रह गरेका छन् । यस्तै, तराईका जिल्लामा आज ठूलो पानी पर्ने सम्भावना रहेकाले डुबानको जोखिम पनि रहेको मौसमविद्ले बताएका छन् । अहिले मनसुनी न्यूनचापीय रेखा तराईको भूभाग नजिकै रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply