कारोवारको पहिलो दिन शेयर बजार राताम्ये, नेप्सेमा ८.४८ अंकको गिरावट ! कारोबार रकम कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ २०, आईतबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असार २०, काठमाडौ । साताको पहिलो दिन आइतवार नेप्से परिसूचक ८.४८ अंकले घटेर २८३४.५१ विन्दुमा पुगेको छ । आइतवार होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.३६ प्रतिशत बढेको छ । त्यस्तै अन्य समूहको ०.६९ प्रतिशत र म्युचुअल फण्डको ०.१ प्रतिशतले यो दिन परिसूचक बृद्धि हुँदा अन्य समूहको परिसूचक भने घटेको छ ।

यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.७६ प्रतिशतले, विकास बैंकको १.०४ प्रतिशतले बैंकिङको ०.३६ प्रतिशत, व्यापारिकको ०.४८ प्रतिशत, जलविद्युतको ०.१२ प्रतिशत, निर्जीवन बीमाको ०.८५ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.४१ प्रतिशत, लघुवित्तको ०.५ प्रतिशत, जीवन बीमाको ०।२६ प्रतिशत र लगानी समूहको ०.४२ प्रतिशत परिसूचक घटेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस