बाढी पहिरोका कारण ३९ जनाको मृत्यु भएको छ भने ३१ जना अझै बेपत्ता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २०, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २०, काठमाडौं । यस वर्षको बाढी पहिरोका कारण ३९ जनाको मृत्यु भएको छ भने ३१ जना अझै बेपत्ता भएका छन् । मनसुन सुरु भएयता जेठ ३१ गतेसम्म मनसुनजन्य विपद्का २२६ घटना भएका छन् । यस अवधिमा २२ जिल्लामा ३९ जनाको मृत्य, ३१ जना बेपत्ता र ४६ जना घाइते भएका गृहमन्त्री विष्णु पौडेलले बताए ।

यस्तै २०७८ असार १९ मा परेको अविरल वर्षाका कारण सुनसरी जिल्लाको थला खोला, ट्याङग्रा खोला, बुढी खोला, केशलिया खोला, धनुष खोलामा बाढी आई आसपासका करिब २०० घरहरू डुबान भएको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्री पौडेलले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस