बागमती प्रदेशसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी पुनः स्थगित

असार २०, काठमाण्डौ । बागमती प्रदेशसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी पुनः स्थगित भएको छ । आइतबार बिहान ११ बजेका लागि आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको अवरोधका कारण दिउँसो ३ बजेका लागि सारिएको थियो ।

विपक्षी दलहरूको अवरोध हटाउन सभामुख सानुकुमार श्रेष्ठले आफ्नै निवासमा आइतबार दिउँसो १ बजे विपक्षी दलहरूसँगको छलफल गरी सोमबार दिउँसो १ बजेदेखि बैठक सञ्चालनका लागि दलहरु सहमत भएको नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।

 

संम्बन्धित समचार

Leave a Reply