आजदेखि उपत्यकामा निषेधाज्ञा थप खुकुलो, सबै प्रकारका सवारी साधन सञ्चालन हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २२, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २१, काठमाडौ । आजदेखि थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा यही ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

उपत्यकामा यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने गरी आदेश थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार यसरी सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु भने राख्न पाइने छैन । यातायात सञ्चालनमा स्वास्थ्यका सबै मापदण्ड पालना गर्नुपर्ने छ । स्थानीय प्रशासनको अनुमति लिएर विशेष कामका लागि बाहिरका गाडीसमेत उपत्यका भित्रिन पाउने आदेशमा उल्लेख छ ।

आज असार २२ गते बिहानबाट लागू हुने आदेशमा सबै प्रकारका व्यवसाय खुला गरिने उल्लेख छ । आज उपत्यकाको तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको संयुक्त बैठकले सो आदेश जारी गरेको छ । बैठकले सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेसलगायत दर्शकसहित हुने सबै प्रकारका गतिविधिमा पूर्ण रोक लगाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस