नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दै

असार २१, काठमाडौ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पुनः बस्ने भएको छ । सिंहदरबारमा सोमबार साँझ सम्पन्न बैठक आज दिउँसो १ बजे पुनः बस्ने गरी टुंगिएको हो ।

कार्यदलमा दुवैपक्षका पाँचरपाँच जना नेता रहेका छन् । कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका छन् । गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो ।

 

संम्बन्धित समचार

Leave a Reply