प्रदेश ३ को राजधानीको निर्णय दसैँ पछि मात्रै, भोटिङमा गएर टुंगो लाग्छ: राजेन्द्र पाण्डे (अन्तर्वाता)

  • अनलाइन केन्द्र
  • / अन्तरवार्ता /
  • २०७५ कार्तिक १, बिहिबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

प्रदेश ३को राजधानीको विषयमा सांसद एवम् नेकपाका नेता राजेन्द्र प्रसाद पाण्डेसँग गरिएको अन्तर्वाता :

प्रदेश नं ३ को राजधानी निर्धारण गर्न लामो छलफल भयो, अहिले सुची तयार भएको छ यो किन गरिएको हो ?

अघिल्लो सरकारले ७ वटै प्रदेशमा अस्थायी रुपमा राजधानी तोक्यो । निर्वाचन पछि प्रदेश सरकारहरु निर्माण भए, निर्माण पछि त्यसको नामाकरण गर्ने सबै प्रदेशको दायित्व भयो । प्रदेश सभाको द’ई तिहाई मतले स्थान तोक्ने, पुरानो ठाँउ नै ठिक छ भने त्यसलाई ओके गर्ने, त्यो ठाँउ पायक परेन भने नयाँ ठाँउ तोक्ने त्यो सबै जिम्मेवारी प्रदेश सभालाई छ । प्रदेश सभाको दुई तिहाई मतले मात्र त्यो काम गर्न सक्छ । यहि सिलसिलामा हामीले २÷४ महिना अगाडि नै राजधानी निर्धारण गर्ने प्रयत्न ग¥यौं । अहिले प्रदेश नं. ३ को अस्थायी राजधानी हेटौडामा छ । र हेटौडा अलि अपायक भयो । ११० जना सांसद भएको यो प्रदेशमा ९० जना सांसद बैठक सकिएको करिब आधा घण्टा भित्र हेटौडा छोडिसकेका हुन्छन् . यसको मतलब त्यो ठाँउ उहाँहरुलाई पायक परेन ।

केहि समय अगाडि राजधानी सार्ने विषयमा कुराकानी हुँदा मुख्यमन्त्रि डोरमणी पौड्यालका पनि कडा अभिव्यक्ति आउथे तर पछिल्लो समयको उहाँको मौनताले पनि राजधानी सर्दैछ भन्ने कुरामा शंका रहेन हो ?

त्यो भन्दापनि राजधानी कहाँ राख्दा सबैलाई उपर्युक्त हुन्छ भन्ने सन्दर्भमा प्रदेश सभाको नियमावली मै व्यवस्थालाई ध्यानमा राखेर प्रदेश राजधानी सम्भाव्यता अध्ययन समिती, जुन विशेष समिती हो, यो १५ सदस्यीय समिती बन्यो । त्यो समितीले अध्ययन ग¥यो । पहिलो पटक काभ्रे जिल्लालाई निवेदन दिएका थिए । दोस्रो नुवाकोट जिल्लाका साथीहरुले निवेदन दिनुभयो । त्यस्तै भक्तपुर, चितवन जिल्ला पनि राजधानीका दावेदार भए । यी ५ वटै जिल्लालाई अध्ययन समितीले ग¥यो । त्यो सर्वदलीय समिती हो । समितीले यस विषयमा लामो अध्ययन पश्चाप प्रतिवेदन सभालाई बुझायो तर संसदमा टेबल भएको थिएन । गएको केहि दिन अगाडि संसदको बैठकमा त्यो टेबल भएको छ । अब त्यसको दसैँ पछि छलफल हुन्छ र भोटिङमा गएर टुंगो लाग्छ ।

पछिल्लो जुन सुची तयार पारियो नि त्यसमा बनेपालाई पहिलो, भक्तपुरलाई दोस्रो त्यसपछि मात्र चितवन र हेटौडालाई तेस्रो नंबरमा राखिएको छ । बनेपालाई बढि प्राथमिकता दिइएको छ भन्ने बुझ्नुप¥यो ?

पहिलो पटक नै दर्ता काभ्रेले ग¥यो । कहाँ व्यवहारीक हुन्छ भन्दा व्यवहारीक त काठमाण्डौँ मै हुन्छ । किनभने सेन्ट्रल पार्लियामेन्ट नै यहाँ छ । संघिय सरकार पनि यहिँ छ । संघिय मन्त्रालयहरु पनि यहिँ छन् । तर राजभानी काठमाण्डौँ मै किन बनाउने, अब नयाँ ठाँउमा राजधानी बनाए विकास पनि हुन्छ भनेर काठमाण्डौँ भन्दा बाहिर नै राजधानी बनाउन खोजिएको हो । मुख्य कुरा के छ भने मकवापुरलाई राजधानी बनाउदा मकवानपुर र चितवनलाई मात्र पायक पर्छ । नुवाकोटलाई बनाउदा रसुवा, नुवाकोट र धादिङलाई मात्र पायक पर्छ । काभ्रेमा गर्दा काभ्रे, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ सबैको पायक पर्छ । संख्याको हिसाबले पनि धेरै संख्याको माझमा पर्छ । यी सबै हिसाबले सम्भावना त्यहाँको छ ।

तपाई प्रदेश नंम्बर ३ को बरिष्ठ नेता भएको कारणले पनि त्यो सभामा राजधानी धादिङको कुनै स्थान तोकिनुपर्छ अर्थात् आफ्नै क्षेत्र तोकिनु पर्छ भनेर किन माग भएन भनेर जिज्ञासा उत्पन्न हुन्छ । त्यसमा के भन्नुहुन्छ ?

म धादिङको मात्र नभएर देश कै नेता हुँ । मैले व्यवहारीक कुरा बोल्नुपर्छ । धादिङ राजधानी बनाउने हो भने हेटौडा जस्तै हुन्छ अर्थात् सबै जिल्लाहरुलाई पायक पर्दैन, त्यसैले मैले सुरुदेखि नै धादिङ राजधानी हुुन सक्दैन भन्छु म । त्यसै गरी नुवाकोटको विदुर पनि अपायक पर्छ । त्यसैले यो संघिय व्यवस्था कायम रहदा हाम्रा भावी पुस्ताले पनि के भनुन् भने हाम्रा पुस्ताहरुले संसदमा बसेर सहि निर्णय गरका रहेछन् । यो सहि निर्णयको कारणले आज हामीलाई सजिलो भएको छ, भन्ने हुने गरी हामीले निर्णय गर्नुपर्ने छ ।

राजधानीको विषयमा त तपाईले भनि नै सक्नुभयो । अब नाम राख्दा सबैमा अपनत्व झल्किने गरि एवम् पछि सम्म पनि कुनै विवाद नहुने गरि के राख्दा उचित होला ?

नामको विषयमा धेरै जस्तैः नेवाः प्रदेश, नेपाल मण्डल आदि प्रश्तावहरु आएका छन् । मलाई के लाग्छ भने बाग्मती नदीको नाममा बाग्मती प्रदेश भनेर नामाकरण गर्दा ठिक होला । त्यस्तै पशुपति प्रदेश बनि राख्न सकिन्छ । यहि प्रदेशमा गौरीशंकर हिमाल छ, तसर्थ गौरीशंकर प्रदेश पनि राख्न सकियो । अर्काे मेरो मनमा लागेको के भने सेन्ट्रल राजधानी यहि छ तसर्थ राजधानी प्रदेश भनेर पनि राख्न सकिन्छ ।
दर्जनांैको संख्यामा नामहरु आइसके पछि हामीमा अपनत्वको भाव पैदा हुने गरी नामाकरण गर्न सभामा कुनै छलफल भएको छैन ?
अहिले नामको विषयमा भन्दा पनि स्थानको विषयमा छलफल भइरहेको छ । कहाँ राजधानी बनाउदा सबैलाई पायक पर्ला भन्ने विषय मै छलफल भईरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस