बागमती प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ २२, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २१, काठमाण्डौ । बागमती प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरूको अवरोधका कारण गत शनिवारदेखि सुचारु हुन नसकेको बैठक सोमबार दिउँसो एक बजेका लागि आह्वान गरिएको भए पनि विपक्षी दलका सांसदहरुले विरोध जनाएसँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरेका हुन् ।

प्रदेश सरकारले ल्याएको बजेटप्रति प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी दलहरूले असहमति जनाउँदै आएका छन् । सोमबार पनि प्रदेश सभाको बैठक अघि बढ्न नपाउँदै विपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि ल्याएको बजेटप्रति असहमति प्रकट गरेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस