माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु

Post Thumbnail

असार २१, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । ४५६ मेगावाट कुल क्षमतामध्ये पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन सुरु गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटरबाट रिमोटको माध्यमबाट टर्बाइन घुमाएर विद्युत उत्पादनको उद्घाटन गरे । स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्मित आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन गरिएको हो । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमशः उत्पादन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस