भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाउन सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २२, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २२, काठमाण्डौ । कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाउन सुरु भएको छ । भेरोसेल खोपको पहिलो डोज लगाइसकेकालाई सरकारले आजदेखि दोस्रो डोज खोप दिन लागेको हो । गएको जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । भेरोसेल चिनियाँ खोप हो ।

पहिलो डोज लगाएका नागरिकलाई २१ देखि २८ दिनभित्रमा दोस्रो डोज दिनुपर्छ । सोहीअनुसार दोस्रो खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयअन्तर्गतको खोप महाशाखाका प्रमुख डा। झलक शर्मा गौतमले जानकारी दिए । यसअघि भेरोसेल खोपको पहिलो डोज लगाएका सबैले दोस्रो डोज लिन पाउने छन् । त्यसका लागि पहिलो डोज लगाएको कार्ड लिएर खोप केन्द्रमा जानुपर्ने गौतमले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस