आज निको हुनेभन्दा थपिएका संक्रमित धेरै : २६ सय थपिँदा १५ सय स्वस्थ !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २२, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २२, काठमाण्डौ । आज पनि कोरोनाभाइरसबाट निको हुनेभन्दा नयाँ थपिएका संक्रमितको संख्या धेरै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १२ हजार ५८५ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ६३४ जनामा कोरोना देखिएको छ ।

जसमा सात हजार ५०३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ७१८ जनामा र पाँच हजार ८२ जनाको एन्टिजेन परीक्षण गर्दा ९१६ जनामा पोजेटिभ देखिएको हो ।

आज कोरोनाबाट १५ जनाको मृत्यु भएको छ । सोमबार २३ जनाको मृत्यु भएको थियो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार २६३ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट एक हजार ५६५ जना निको भएका छन् । सोमबार दुई हजार २११ जना निको भएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस