जीवन विकास लघुवित्तको आइपिओ भोलि बाँडफाँड हुने, कति बजे रिजल्ट हेर्न पाईन्छ ?

असार २२, काठमाण्डौ । जीवन विकास लघुवित्तको आइपिओ भोलि बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार भोलि साढे ९ बजे आइपिओ बाँडफाँड गर्नेगरी तयारी पुरा भएको छ ।

झण्डै २१ लाखले यो कम्पनीको आइपिओ भरेका छन् । कम्पनीले कुल १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ निष्कासन गरेको हो । जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुने भएको छ । रिजल्ट हेर्न भने वाँडफाँड भएको केहि समयपछि हेर्न सकिने जनाईएको छ ।

संम्बन्धित समचार

Leave a Reply