जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँट, तपाईको भागमा ११ कित्ता पर्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ २३, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २३, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बुधवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा विहान ९ः३० बजे आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओ योग्य २० लाख १८ हजार ३०८ जनामा गोलाप्रथाको माध्यमबाट बाँडफाँट गरिएको हो । कुल योग्य आवेदकहरु मध्यबाट १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले हात पारेका छन् भने यी मध्य ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता शेयर हात पारेका छन् । कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर विक्री गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस