युनियन लाइफ इन्स्योरेन्सको आईपीओ भोली निष्काशन हुने, कति दिने आवेदन ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ २३, बुधबार (२ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

असार २३, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि असार २४ गते बिहीवारदेखि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री विक्री गर्न लागेको हो ।

आईपीओ निष्कासनका लागि गत जेठ ९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले एक महिनामै असार १३ गते अनुमति पाएको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्य ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस