राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपालीहरुमा बडादसैंको शुभकामना

कार्तिक २ ,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान चाड बडादसैंका अवसरमा देशबासीलार्इ शुभकामना सन्देश दिएकी छिन ।

राष्ट्रपतिको कार्यालय शीतल निवासबाट जारी विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान चाड बडादसैं, २०७५ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गरेकी छिन ।

संम्बन्धित समचार

Leave a Reply