विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

असार २४ काठमाडौं। विश्वभर कोरोना भाइरस {कोभिड–१९} को संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको भन्दै यो महामारीलाई हराउन अझै लामो यात्रा गर्न बाँकी रहेको बताएका छन् । उनले कोरोना खोपलाई आशाको किरण भएको बताउँदै विश्वभर खोप अभियान तीव्र गतिमा सञ्चालन हुनुपर्ने बताएका छन् ।

विश्वभर कोरोना संक्रमणको कारण मृत्यु हुनेमध्ये एक तिहाइभन्दा धेरैको मृत्यु अमेरिका, ब्राजिल र भारतमा भएको छ । अमेरिकामा ६ लाखभन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ । ब्राजिलमा यो संख्या पाँच लाखभन्दा धेरै छ भने भारतमा चार लाखभन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

अहिलेसम्म विश्वभर १८ करोडभन्दा धेरै मानिसहरु कोरोनाबाट संक्रमित भइसकेका छन् । त्यस्तै विश्वभर तीन अर्ब ३२ करोड डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ ।

संम्बन्धित समचार

Leave a Reply