नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाको कारण दर्जन भन्दा बढी घर पहिरोको जोखिममा

असार २६,काठमाडौँ । त्रिभुवन राजपथ अन्तर्गत सिस्नेखोला खण्डमा पहिरोको कारण बस्ती नै पहिरोको जोखिममा दर्जन भन्दा बढी परेको छ । सिस्नेखोलामा निर्माणाधिन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले बस्तीको नजिकबाट डोजर चलाएर माटो निकालेपछि सिस्नेखोलामा दर्जन भन्दा बढी घर जोखिममा परेका हुन् ।

त्रिभुवन राजपथको नौविसे–नागढुङगा सडक खण्डको खत्रीपैवाका करिव दर्जन भन्दा बढी घर जोखिममा परेको स्थानिय नेता रामराजा पाण्डेले अनलाइनकेन्द्रलाई बताए । उनले भने–’यो बस्ती जोखिममा पर्नुको मुख्य कारण सुरुङ निर्माण गर्दा ध्यान नपुर्याएकोले नै हो । अब जे हुनु भइसक्यो,प्रभावित अब यहाँ घरमा बस्न सक्ने अवस्था छैन्, उनिहरुलाई उचित क्षतीपर्ति दिएर बस्ती स्थानान्तरण गर्नु नै उपयुक्त बिकल्प हो ।’

सुरुङमार्गले सडक विस्तार गर्ने बेलामा नागरिक सगं समन्वय नगरी कटिङको काम गर्दा यस्तो समस्या आएको धुनिबेशी नागरपालिकाका मेयर बालकृष्ण आचार्यले बताए । केन्द्रिय सरकारको मातहतमा सञ्चालन हुने आयोजनाले नागरिकलाई दुख दिएको र कुनै पनि कार्यक्रममा नगरपालिका सगं समन्वय नगरेको मेयर आचार्यको आरोप छ ।

सोमबार मात्र धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल सहितको टोलीले पहिरोको स्थलगत निरिक्षण गरेको थियो ।

 

संम्बन्धित समचार

Leave a Reply