विवादबीच प्रदेशसभाको बैठक बस्दै

असार २६, मकवानपुर । अर्को सूचना नभएसम्मका लागि स्थगित भएको वाग्मती प्रदेशसभाको बैठक शनिबार पुनस् बस्दैछ । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ । आगामी आर्थिक वर्ष २०७८।०७९ बजेट पास गराउनका लागि बैठक बस्न लागेको हो ।

यस विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतभेद सिर्जना हुँदा प्रदेशसभाको बैठकमा प्रतिपक्षबाट अवरोध सिर्जना भइरहेको छ । लगातार तीन दिनसम्म विभिन्न माग राख्दै प्रतिपक्षी दल माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रदेशसभा बैठकमा अवरोध सिर्जना गरेसँगै प्रदेशसभाको बैठक बस्न सकेको छैन ।

बैठकलाई सहजरुपले सञ्चालन गर्न शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसे पनि दलहरुबीच ठोस सहमति भने भएको छैन । सबै दल आ–आफ्नो अडानमा हुँदा कार्यव्यवस्थामा सहमति नजुटेको हो ।

 

संम्बन्धित समचार

Leave a Reply