ब्राजिल बिरोधी ब्राजेलियन समर्थकलाई नेइमारले भने, ‘नर्क जाउ….’

असार २६,काठमाडौँ । कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाको समर्थन गर्न लागेका ब्राजिलीहरुप्रति नेइमार कठोर देखिएका छन् । मेसीले उपाधि जितुन् भन्ने चाहना राख्दै केही ब्राजिलीहरु आफ्नै देशका खेलाडीको विपक्षमा छन् । जसकारण, नेइमार निकै आक्रोशित बनेका छन् । उनले इन्स्टाग्राम पोस्टमा त्यस्ता समर्थकबारे लेखेका छन्,‘ठिक छ, म यसको सम्मान गर्छु, तर नर्कमा जाऊ !!! जो विपक्षमा छौं ।’

‘स्नेह र गर्वसहित म ब्राजिल हुँ,’ नेइमारमले इन्स्टाग्राममा लेखेका छन् । ‘मेरो सपना सधैं ब्राजिलको राष्ट्रिय टिममा रहने र समर्थकहरुले गाएको सुन्ने थियो । चाहे खेलकुद होस्, मोडलिङ प्रतिस्पर्धा होस् वा ओस्कारमा किन नहोस्, जहाँसुकै ब्राजिलले प्रतिस्पर्धा गरेपनि मैले कहिल्यै विरोध गरिनँ र गर्नेछैन ।’

‘यदी त्यहाँ ब्राजिल छ भने म ब्राजिलको पक्षमा छु । र को ब्राजिलियन फरक कित्तामा हुनसक्छ रु ठिक छ, म सम्मान गर्छु । तर नर्कमा जाऊ।।। जो विपक्षमा छौं ।’

तपाइकाे प्रतिकृया

Related posts

Leave a Reply