कोपा अमेरिका जित्ने धोको पुरा होला मेस्सीको ?

असार २६,काठमाडौँ । ३४ वर्षीय मेस्सीले बार्सिलोनाबाट १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । ६ पटकको बालोन डे ओर विजेता मेस्सीले अर्जेन्टिनाका लागि भने सन् २००८ मा चीनमा भएको ओलम्पिकमा मात्रै स्वर्ण पदक जितेका थिए ।

उता ब्राजिलका डिफेण्डर मार्क्वन्होसले मेस्सीलाई आफ्नो उद्देश्यमा पुग्नबाट रोक्न प्रयास गर्ने बताएका छन् ।

२०२१ को कोपा अमेरिका अर्जेन्टिनाको लागि मेस्सीको १०औं मुख्य प्रतियोगिता हो । उनी छैटौं पटक कोपा अमेरिका खेलिरहेका छन् भने चार पटक विश्वकप खेलिसकेका छन् ।

फिफा वरीयतामा आठौं स्थानमा रहेको अर्जेन्टिनाले पछिल्लो पटक १९९३ मा कोपा जितेपछि चार पटक कोपा फाइनल हारिसकेको छ । यस पटक अर्जेन्टिनालाई सर्वाधिक १५ पटक उपाधि जित्ने उरुग्वेको कीर्तिमान बराबरी गर्ने अवसर छ ।

के त्यसमा अर्जेन्टिना सफल होला त रु दुई वर्षअघि घरेलु मैदानमा उपाधि जितेको ब्राजिलले भने अहिलेसम्म ९ पटक मात्र कोपा जितेको छ र सर्वाधिक जित्नेमा तेस्रो स्थानमा छ । ब्राजिल लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ ।

ब्राजिलका डफेण्डर मार्क्विन्होसले यस खेललाई सामान्य फुटबलभन्दा पनि अझ बढी मानेका छन् । यो जर्सीले सारा विश्वलाई खेल हेर्नका लागि आकर्षण गर्ने उनले बताए ।

संम्बन्धित समचार

Leave a Reply