चाँदीको मूल्य बढ्दा सुनको भाउ स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ २७, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २७, काठमाण्डौ । आइतबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्दा सुनको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भएर एक हजार ३१५ रुपैयाँ कायम भएको छ भने, सुन गत शुक्रबारकै मूल्य ९२ हजार ४०० रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत गत शुक्रबारकै कायम हुँदै ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी गत शुक्रबार प्रतितोला अधिकतम एक हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस