प्रहरीद्धारा नागरिक अभियन्ता पक्राउ

असार २७ काठमाडौं । सिंहदरबार घेर्न गएका नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ ।

बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी भैरहेका बेला लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेतीसहित नागरिक अभियन्ता विमल अर्याल, अर्चना थापा लगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

नागरिक आन्दोलनको सिंहदरबार मार्चमा प्राध्यापक डाक्टर गोविन्द केसीसमेत उपस्थित भएका छन् । कार्यक्रम शुरु नहुँदै अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यक्रम प्रभावित भएको छ ।

संम्बन्धित समचार

Leave a Reply