एक महिनादेखि बेपत्ता सुजिताको शव खाल्डोमा गाडिएको अवस्थामा फेला

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ अषाढ २७, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २७ जनकपुरधाम । एक महिनादेखि बेपत्ता भएकी महोत्तरीकी सुजिता ठाकुरको शव गाडिएको अवस्थामा फेला परेको छ । लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन् ।

उनको शव घर नजिकैको पेट्रोल पम्प छेउमा दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले जानकारी दिए ।

सुजिताको शव गाडिएको विशेष सूचनाको आधारमा उक्त ठाउँमा उत्खनन् गर्दा शव फेला परेको छ,’ उनले भने, ‘तर शवको डीएनए परीक्षण गर्न बाँकी छ ।’ शव फेला परेपछि यस विषयमा थप अनुसन्धान शुरु गरिएको डीआईजी रञ्जितकारले बताए ।

सुजिताको हत्या आशंकामा प्रहरीले यसअघि १३ असारमा उनका पति मुकेश र देवर रुपेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस