टर्कीस्थित साउदी दूतावासमा पत्रकारको मृत्यु भएको पुष्टि

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ कार्तिक ३, शनिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज ३,काठमाडौँ । टर्कीको स्तानाबुलस्थित साउदी वाणिज्य दूतावासमा पत्रकार जमाल खशोगगीको मृत्यु भएको त्यहाँको राज्य टीभीले जनाएको छ । प्रारम्भिक अनुसन्धान रिपोर्टलाई हवाला दिँदै टिभीले खशोगगीको मृत्यु भएको जनाएको हो ।

बीबीसीले दिएको विवरणमा भनिएको छ, ‘घटनामा खुफिया एजेन्सीका उपप्रमुख अहमद अल असिरी र राजकुमार मोहम्मद बिन सलमानका वरिष्ठ सहयोगी सौद अलकहटानीलाई बर्खास्त गरिएको छ ।’

पत्रकार खशोगगीलाई २ अक्टुबरमा इस्तानाबुलस्थित साउदीको वाणिज्य दूतावासमा प्रवेश गरेपछि बेपत्ता भएका थिए । उनी त्यहाँ हैटिस सेन्गिजसँग विवाह गर्ने अनुमतिका लागि कागजी प्रक्रिया पूरा गर्न गएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि जे भयो त्यो ‘अस्वीकार्य’ छ तर, साउदी एक ‘सहयोगी’ थियो । खशोगगी पछिल्लो समय अमेरिकामा बस्दै आएका थिए ।

खशोगगीको मृत्यु भएको साउदीले स्वीकारेको यो पहिलो पटक हो ।

साउदीका राजा सलमानले खुफिया एजेन्सीको पुनर्गठन गर्नका लागि राजकुमार मोहम्मदको अध्यक्षतामा एक मन्त्री स्तरीय समिति पनि गठन गर्न आदेश दिएको जनाइएको छ ।

टर्कीका अधिकारीहरुले दिएको सूचनालाई साउदी अरबले आफ्नो जाँचको एक हिस्साको रुपमा लिएको थियो । सोही आधारमा कयौं संदिग्धमाथि छानबिन पनि भएका थियो ।

त्यसअघि बेनामे अधिकारीले पत्रकारको शव बेलग्रेड वन या खेतको भूमिका गाडेको हुन सक्ने भनि दिएको सूचनाको आधारमा खोजीलाई व्यापक बनाइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस