अलाभेस स्पेनिस ला लिगाको शीर्ष स्थानमा, पछ्याउदै सेभिल्ला

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ कार्तिक ३, शनिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज ३,काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार भएको खेलमा सेल्टा भिगोको मैदानमा १–० को जित दर्ता गर्दै डेपोर्टिभो अलाभेस स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

खेलको ५८ औं मिनेटमा भिक्टर लागुआरडियाको क्रसमा टोमास पिनाले गरेको गोल नै निर्णायक सावित भएको थियो । खेल सुरु हुनुअघि छैटौं स्थानमा रहेको अलाभेसले शीर्ष स्थानमा चढ्न खोजेका अन्य टोलीभन्दा एक खेल बढी खेलेको छ ।

शनिबार नै हुने अन्य खेलमा आफू अनुकुल नतिजा निकाले अन्य टोलीले पनि शीर्ष स्थानमा कब्जा जमाउन सक्नेछन् । शनिबार हुने पहिलो खेलमा लेभान्ते र रियल म्याड्रिड भिड्दैछन् । उक्त खेल जितेमा रियल शीर्ष स्थानमा जानेछ । त्यसपछि एटलेटिको म्याड्रिड र भिलारियलको खेलमा म्याड्रिड टोली विजयी भएमा अंक तालिकामा फड्को मार्नेछ ।

दिनको अन्तिम खेलमा बार्सिलोना र सेभिल्ला भिड्दा जुन टोलीले जित दर्ता गर्छ, त्यहि टोली शीर्ष स्थानमा पुग्नेछ । निकै प्रतिस्पर्धात्मक सुरुवात पाएको यस लिग सिजनमा सबै टोलीले कम्तिमा एक हार बेहोरिसकेक छन् ।

लिग तालिका

अलाभेस खेल ९ अंक १७

सेभिल्ला खेल ८ अंक १६

बार्सिलोना खेल ८ अंक १५

एटलेटिको म्याड्रिड खेल ८ अंक १५

रियल म्याड्रिड खेल ८ अंक १४

ताजा अपडेट

खोजी गर्नुहोस