इलामको उच्च अदालतमा कार्यरत पराजुली मृत फेला

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ अषाढ २८, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २८ काठमाडौँ । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी छन् ।

पराजुली आज बिहान अदालत परिसरभित्र मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सोलुखुम्बु घर भएकी पराजुली कार्यालय सहयोगी पदमा काम गर्दै आएको बताइएको छ ।

पराजुलीको मृत्यु कसरी र के कारणले मृत्यु भयो भन्ने अझै पुष्टि हुन सकेको छैन । घटना रहस्यमय भएकाले थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।

थप अनुसन्धानका लागि कुकुर मगाइएको उनले जानकारी दिए । श्रेष्ठका अनुसार थप अनुसन्धानका लागि अन्य मान्छेलाई प्रवेश रोक लगाएर अनुसन्धान भइरहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस