आज राति उल्का वर्षा हुने, कुनबेला हेर्दा उत्तम ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक ४, आईतबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक ४,काठमाडौँ । आइतबार राति उल्का वर्षा हुने भएको छ । हेलीको पुछ्रे ताराका कारण हुने मृघशिरा उल्का वर्षा आइतबार राति पौने ११ बजेदेखि सोमबार बिहान पौने ६ बजेसम्म देख्न सकिने वैज्ञानिकले बताएका छन् ।

उल्कावर्षा हेर्न सोमबार बिहान पौने ४ बजे पछिको समय उत्तम हुनेछ । नेपाल एस्ट्रोनोमिलकल सोसाइटी नासोका अध्यक्ष सुरेश भट्टराईका अनुसार अत्याधिक उल्का वर्षाको बेला प्रति घण्टा २० सम्म उल्का देखिने अनुमान गरिएको छ ।

उल्का वर्षाको गति प्रति सेकेण्ड ६७ किलोमिटरसम्म हुने भएकोले करिब ७० किलोमिटर माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने भट्टराईले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस