नेकपाको सचिवालय बैठक आज, पार्टी एकताको विषयमा छलफल हुँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ कार्तिक ४, आईतबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज ४,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आइतबार बस्दैछ । यसअघि २ पटक स्थगित भएको बैठक आइतबार २ बजे बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको पनि उनले जानकारी दिए । पछिल्लोपटक असोज २७ गते शनिबारका लागि बोलाइएको बैठक नेताहरुको कार्यव्यस्तताका कारण आजलाई सारिएको थियो ।

बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गरिने कार्यसूची रहेको नेकपाले जनाएको छ ।

आइतबारको बैठकमा सरकारको कार्यसम्पादन तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयमा दर्ता गराएका विषयहरुमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस