माओवादीका मन्त्री प्रचण्डले तोक्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २९, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २९,काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा  नेकपा माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई दिएको छ ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले सरकारमा कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो ।

बैठकपछि एक नेताले भने, ‘सरकारको विषयमा काँग्रेससँग थप छलफल गर्ने निर्णय भएको छ, त्यसपछि मन्त्री तोक्न सकेसम्म अर्को स्थायी कमिटीको बैठक बोलाउने, नभ्याइए अध्यक्षले नै टुंगो लगाउने निर्णय भएको छ ।’

बैठकले प्रतिनिधिसभा विघटन बदर गर्ने परमादेश दिने सर्वोच्च अदालतलाई धन्यवाद पनि दिएको छ । त्यसैगरी गठबन्धन सरकार सञ्चालनका विधि र प्रक्रियाबारे काँग्रेससँग थप छलफल गर्ने निर्णय समेत भएको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस