राष्ट्रपतिद्धारा संविधानको धारा उल्लेख नगरी देउवा प्रधानमन्त्रीमा नियुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २९, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २९, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।

राष्ट्रपति कार्यालयद्धारा जारी नोटिसमा भनिएका छ–’सम्माननिय राष्ट्रपति श्रीमती बिद्यादेवी भण्डारीज्युबाट श्री सर्वोच्च अदालत,संवैधानिक इजलासको मिती २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवंम नेपाली कांग्रेस संसदिय दलका नेता माननिय श्री शेरबहादुर देउवा ज्यूलाई प्रधानमन्त्रीमा नयुक्त गर्नुभएको छ ।’

नियमअनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख गरेर मात्रै प्रधानमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ । देउवा संविधानको धारा ७६ (५) अन्तर्गत प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

‘राष्ट्रपति कार्यालयको नियुक्ती पत्र बाहिर सार्वजनिक भएपछि यसबारे टिकाटिप्पणी सुरु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस